
भरतपुरः निर्वाचन आयोगको निर्देशनअनुसार भरतपुर महानगरपालिकामा च्यातिएका मतपत्र गणना गर्न निर्वाचन आयोग र दलका प्रतिनिधिको टोली मतगणनास्थलमा प्रवेश गरेको छ।
च्यातिएका मतपत्रको गणना गर्न निर्वाचन आयोग र दलका प्रतिनिधिको ४६ जनाको टोली मतगणनास्थलमा प्रवेश गरेको हो।
टोलीले च्यातिका मतपत्र गन्न बाँकी हुन् कि गणना भइसकेका हुन् भन्नेबारेमासमेत खोज्नेछ।
आयोगले च्यातिएका मतपत्रको संख्या यकिन गर्न निर्देशन दिएपछि आज आयोग र दलका प्रतिनिधि मतगनास्थलमा प्रवेश गरेका हुन्। यसअघि मतगणनाका क्रममा मतपत्र च्यातिएपछि मतगणनास्थललाई सिल गरिएको थियो ।