PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

वीरगञ्जका उद्योगी व्यवसायी भन्छन्–द्रुत मार्ग आर्थिक विकासको मेरुदण्ड



रासस

वीरगञ्जका उद्योगी व्यवसायी भन्छन्–द्रुत मार्ग आर्थिक विकासको मेरुदण्ड

वीरगञ्जः राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको निजगढ काठमाडौँ  द्रुत मार्ग निर्माणले तराई मधेसको आर्थिक विकासमा थप टेवा पुग्ने विश्वास यस क्षेत्रका उद्योगी व्यापारीले लिएका छन्। 

पहाड र हिमाललाई तराईसँग जोड्ने द्रुत मार्गको निर्माणका लागि सरकारले आर्थिक वर्ष २०७४/७५ को बजेटमार्फत १० अर्ब १४ करोड बजेट विनियोजन गरेको छ।

नेपालको लाइफ लाइनको रुपमा रहेको मार्गको निर्माणसँगै यस क्षेत्रमा रहेका उद्योग, कलकारखानाको आर्थिक विकासमा थप टेवा पुग्ने विश्वाससँगै उद्योगी व्यापारीले सो मार्गको प्रयोगले इन्धनको बचतसमेत हुने बताएका छन्। 

द्रुत मार्गको निमार्णले वीरगन्ज–पथलैया औद्योगिक करिडोरमा रहेका उद्योगको विकास हुने उद्योगपति तथा समाजसेवी प्रदीप केडिया बताउँछन्। 

वीरगन्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष ओमप्रकाश शर्मा द्रुत मार्ग आर्थिक समृद्धिका लागि अतिउपयोगी हुने बताउँछन्।

सरकारले सन् २०१५ मार्च १६ मा भारतीय कम्पनी आइएलएस एन्ड एफएसलाई विस्तृत परियोजना प्रतिवेदन(डिपिआर) बनाउन जिम्मा दिएको थियो भने सो कम्पनीले सन् २०१५ जुन २४ मा डिपिआर प्रतिवेदन पेस गरेको थियो। सन् २०१५ जुलाई १२ मा सो डिपिआर प्रतिवेदन स्वीकृत गरिएको थियो। 

दु्रत मार्गलाई १० सेक्टरमा विभाजन गरी काम गर्ने योजना नेपाली सेनाले बनाएको छ। द्रुत मार्ग तथा सडक विस्तार, पर्खाल, सुरुङ मार्ग, पुल पुलेसा निर्माणलगायत कार्य रहेका छन्। करिब ७६ किलोमिटर लामो दु्रत मार्ग ललितपुरको खोकनाबाट सुरु भई काठमाडौँको चाल्नाखेल हुँदै दक्षिणकाली, गढी, छतिवन र धियाल हुँदै बाराको रतनपुरी लालगाउँ भएर निजगढस्थित पूर्वपश्चिम राजमार्गसँग जोडिने छ। 

द्रुत मार्गको चौडाइ पहाडी क्षेत्रमा २३ मिटर तथा तराईको समथर क्षेत्रमा २५ मिटर रहने छ। सो मार्गमा साना ठूला गरी ७६ वटा पुल रहने छन्।

ही मार्गभित्र डेढ किलोमिटर लामा दुईवटा सुरुङमार्ग रहने छन् भने छ वटा अकासे पुलसमेत रहनेछन्।

त्यस्तै, दुईवटा कर सङ्कलन गर्ने राजस्व दस्तुर केन्द्र रहनेछन्। चार लेनको आधुनिक तथा सुविधा सम्पन्न सडक निर्माणपछि काठमाडौँ निजगढ आवतजावत गर्न बढीमा एक घन्टा लाग्ने बताइएको छ। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell