
भरतपुर : भरतपुर महानगरपालिकको मतगणनाका क्रममा मतपत्र च्यातेको आरोपमा पक्राउ परेका नेकपा माओवादी केन्द्रका प्रतिनिधिहरु आज एक/एक लाख रुपैयाँ धरौटमा रिहा भएका छन्।
चितवन जिल्ला अदालतले मतपत्र च्यातेको आरोपमा पक्राउ परेका मधुकर न्यौपाने र द्रोण शिवाकोटी जनही एक/एक लाख रुपैयाँ धरौटीमा रिहा गरेको हो।
न्यायाधीश वासु पौडेलको एकल इजलासले उनीहरुलाई धरौटीमा रिहा गर्ने आदेश दिएको हो।
मुद्दामा सरकारतर्फबाट उदयचन्द्र अधिकारी र प्रतिवादीकातर्फबाट धर्मराज आचार्य, उद्वध लोहनी, गोपिलाल देवकोटा, इन्दु कोइराला, गोविन्द सिग्देल, खगराज कँडेल, श्रीराम दवाडी, लक्ष्मण अधिकारी र दीपक भट्टराईले बहस गरेका थिए।
जेठ १४ गते भरतपुर महानरपालिका वडा नम्बर १९ को मतगणनाका क्रममा मतपत्र च्यातेको भन्दै प्रहरीले उनीहरुलाई पक्राउ गरेको थियो।