PahiloPost

Jun 29, 2026 | १५ असार २०८३

भरतपुरमा च्यातिएको मतपत्रको संख्या ९०



पहिलोपोस्ट

भरतपुरमा च्यातिएको मतपत्रको संख्या ९०

भरतपुर : चितवनको भरतपुर महानगरपालिकामा ९० वटा मतपत्र च्यातिएको भेटिएको छ। मत गणनाको क्रममा मतपत्र च्यातिएपछि सुरु भएको विवाद सुल्ट्याउन च्यातिएको मतपत्रको संख्या पहिचान गरिएको हो।

निर्वाचन आयोगले हिजोमात्रै भरतपुरका प्रमुख निर्वाचन अधिकृतलाई च्यातिएको मतपत्रको संख्या पत्ता लगाउन निर्देशन दिएको थियो। जेठ १४  गते राति वडा नम्बर १९ को मतगणना जारी रहँदा मत पत्र च्यातिए पछि मतगणना कार्य अहिलेसम्म सुरु हुन सकेको छैन। 

भरतपुर वडा नम्बर १९ मा जम्मा खसेको मत २ हजार ८ सय ९७ हो ।  यसअघि १ हजार ८ सय ९ मत गणना भइसकेको छ । बाँकी रहेको मतमध्ये ९ सय ९८ वटा सुरक्षित रहेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell