PahiloPost

Jun 14, 2025 | ३२ जेठ २०८२

गलैंचा मजदूरको कथा बोकेको ‘आकाशैको नौलाखे तारा’



पहिलोपोस्ट

गलैंचा मजदूरको कथा बोकेको  ‘आकाशैको नौलाखे तारा’

काठमाडौंः अभिनेत्री ऋचा शर्माद्वारा र रंगमञ्चका कलाकार टिकाभक्त जिरेलको मुख्य अभिनयमा गलैचा बुन्ने मजदुरको कथामा निर्माण गरिएको म्युजिक भिडियो ‘आकाशैको नौलाखे तारा’ सर्वजनिक गरिएको छ। 

गीतको भिडियो चलचित्र निर्देशक छिरिङ रिक्तार शेर्पाले निर्देशन गरेका छन्। गीतको शब्द तथा लय अंकित जीले गरेका छन् भने संगीत रिकेश गुरुङले गरेका छन्। 

म्युजिक भिडियोमा  विदेशिएका कामदारको दुखान्तको कथा मात्र नभइ नेपाली गलैंचा उद्योगमा काम गर्ने श्रमिकले गलैंचा बुन्ने श्रम, सीप र कलाको सिर्जना र कौशलतासमेत सुन्दर रुपमा प्रस्तुत गरिएको छ। नाट्य निर्देशक प्रशान्त तामाङ्गले गलैंचा बुनकरहरुलाई नै सिकाएर नृत्य दृष्यमा प्रस्तुत गरेका छन्। 

म्युजिक भिडियोलार्इ एक अन्तर्राष्ट्रिय मुनाफा रहित फेयर ट्रेड प्रबर्दन गर्ने संस्था लेवल स्टेपले गरेको हो।   
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell