PahiloPost

Jun 14, 2025 | ३२ जेठ २०८२

अष्ट्रेलियाबाट आयो नेपाली सर्ट फिल्म ‘माया’



पहिलोपोस्ट

अष्ट्रेलियाबाट आयो नेपाली सर्ट फिल्म ‘माया’

काठमाडौं : अष्ट्रेलियामा सक्रिय रहेको सुरेन्स फोटोग्राफी एण्ड टिम अर्थात स्टाट प्रो इन्टरटेन्मेन्टले तयार पारेको सर्ट फिलम ‘माया’ले प्रमियर भएको थोरै समयमै दर्शकको मन जित्न सफल भएको छ।

युट्युबमार्फत प्रिमियर गरिएको उक्त फिल्मले मायाको परिभाषालाई चित्रण गरेको छ। दुई अक्षरले बनेको शब्द मायाका विभिन्न परिभाषाहरु मध्येको एक अर्थात 'मायामा प्रतिक्षा पनि अनिवार्य हुन्छ' भन्ने सन्देश बोकेको यो फिल्मको निर्देशन सुरेन श्रेष्ठले गरेका हुन्।

करिब १० मिनेट लामो यो फिल्ममा तीन जना कलाकारले अभिनय गरेका छन्। स्याट प्रो ईन्टरटेन्मेन्टले यस पिपुल स्टडीसँगको सहकार्यमा फिल्म निर्माण गरेको हो।

छोटो समयमै थुप्रै म्युजिक भिडियो तथा एउटा सर्ट फिल्न निर्माण गरिसकेको सुरेन्स फोटोग्राफी एण्ड टिमको यो दोश्रो सर्ट फिल्ममा निर्देशक श्रेष्ठले नै मुख्य भूमिका निर्वाह गरेका छन्।

फिल्मको कथा, पटकथा तथा सम्वाद पनि निर्देशक श्रेष्ठले नै तयार पारेका हुन्। श्रेष्ठलाई अभिनयमा निकिशा दाहाल तथा प्रेरणा थापाले साथ दिएका छन्।

फिल्मको सुरावत जती रोमान्टिक छ, टेक बयलकोटीद्वारा सम्पादन तथा छायांकन गरिएको यो फिल्मको क्लाइमेक्स पनि उत्तिकै रोचक छ।

निर्देशक श्रेष्ठले फिल्मको सिक्वेलका लागि कथालाई रोमाञ्चक शैलीमा बिट मार्ने प्रयास गरेका छन्। ‘मायाको भाग-२ केही साताभित्रै प्रदर्शन हुनेछ', निर्देशक श्रेष्ठ भन्छन्, ‘सिक्वेलमा दर्शकले अझै रोमाञ्चक कथावस्तु तथा प्रस्तुती पाउनु हुनेछ।’
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell