PahiloPost

Nov 12, 2025 | २७ कात्तिक २०८२

फिलिपिन्समा माउते लडाकूलाई लक्षित आक्रमणमा ११ सैनिकको मृत्यु



रासस

फिलिपिन्समा माउते लडाकूलाई लक्षित आक्रमणमा ११ सैनिकको मृत्यु
फोटो श्रोतःaljazeera.com

मनिलाः फिलिपिन्सको दक्षिणी सहर मरावीमा इस्लामिक स्टेट्स (आईएस) सँगआवद्ध रहेका माउते लडाकूहरुलाई लक्षित गरी भएको हवाई आक्रमणका क्रममा ११ सैनिकको मृत्यु भएको छ। घटनामा अन्य सात जना घाइते भएका रक्षा मन्त्रालयले जनाएको छ।

सहायक रथी रेष्टीटुटो पाडिल्लाले पत्रकार सम्मेलनमा भने,‘यो एउटा ‘फ्रेण्डी फायर’ हो, आफ्नो सहकर्मीको हत्या भएको यो एउटा दुर्घटना हो।’

रक्षा सचिव डेल्फिन लोरेन्जानाले पर्याप्त समन्वय नहुँदा आफ्नै सहकर्मीमाथि आक्रमण भएको बताए। उनले कसरी यस्तो घटना भयो भन्ने बारेमा अहिलेसम्म पनि यकिन हुन नसकेको जानकारी दिएका छन्।रासस/सिन्ह्वा 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell