PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

राष्ट्रपति मुनद्वारा एनआइएसमा तीन उच्चअधिकारी नियुक्त



रासस

राष्ट्रपति मुनद्वारा एनआइएसमा तीन उच्चअधिकारी नियुक्त
फोटो श्रोतः voanews.com

सोलः दक्षिण कोरियाली राष्ट्रपति मुन जाए–इनले बिभिन्न महत्वपूर्ण पदहरुमा उच्च पदाधिकारीलाई नियुक्त गरेका छन्।

उनले राष्ट्रिय अनुसन्धान सेवा नेशनल इन्टेलिजेन्स सर्भिस(एनआइएस) का तीन रिक्त उच्च पदहरुमा नियुक्त गरी देशको जासूसी संस्थालाई पूर्णता दिएका छन्।

नियुक्ति पाउने तीन जनामा पाकिस्तानका लागि दक्षिण कोरियाली राजदूतको पदमा कार्यरत सु डोङ–गुलाई फिर्ता बोलाई एनआइएसको प्रथम उप–निर्देशक, क्षेत्रीय एनआइएसका पूर्वप्रमुख किम् जून ह्वाङलाई द्वितीय उप–निर्देशक तथा एनआइएसकै उत्तर कोरियाली रणनीति निरुपण कार्यालयका पूर्वप्रमुख किम् साङ्ग–ग्युनलाई तृतीय उप–निर्देशकको जिम्मेवारी सुम्पिइएको छ। 

त्यस्तै, दक्षिण कोरियाली संसद्ले यसै हप्ताको सुरुमा एनआइएस निर्देशक पदका लागि नयाँ नाम पारित गरी सिफारिस गरेका उच्च पदाधिकारी सु हूनलाई राष्ट्रपति मूनले अनुमोदन गरी नियुक्ति पत्रसमेत प्रदान गरेका छन्। 

पदभार सम्हालेको केही दिनमै चुनौति स्वरुप उत्तर कोरियाले धमाधम आणविक क्षेप्याश्त्र परीक्षण गरिरहेको सन्दर्भमा नवनिर्वाचित राष्ट्रपति मूनले देशको जासूसी संस्थालाई व्यवसायिक बनाई चुस्त र दुरुस्त राख्ने क्रममा कर्मचारीतन्त्रमा ब्यापक फेरबदल गरेका हुन्।रासस/योनहाप 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell