PahiloPost

Apr 25, 2025 | १२ बैशाख २०८२

सिलवालको मुद्दा हेर्दाहेर्दैमा, असार १ गते पुनः सुनुवाइ हुने



रासस

सिलवालको मुद्दा हेर्दाहेर्दैमा, असार १ गते पुनः सुनुवाइ हुने

काठमाडौंः सर्वोच्च अदालतमा डिआइजी नवराज सिलवालको प्रहरी महानिरीक्षक नियुक्तिसम्बन्धी मुद्दा हेर्दाहेर्दैमा राखिएको छ। 

न्यायाधीशहरु चोलेन्द्रशम्शेर जबरा, जगदीश शर्मा पौडेल, दीपककुमार कार्की, केदारप्रसाद चालिसे, सपना प्रधान मल्ल, तेजबहादुर केसी, पुरुषोत्तम भण्डारीको बृहत् पूर्ण इजलासमा आज सुनुवाइ सुरु भई बहस बाँकी भएको हुँदा हेर्दाहेर्दै पुनःआगामी असार १ गते सुनुवाइ हुने तय भएको सर्वोच्च अदालतका सहप्रवक्ता विश्वराज पौडेलले जानकारी दिए। 

निवेदक सिलवालकातर्फबाट वरिष्ठ अधिवक्ता शम्भु थापाले बहस गरेका थिए।

सरकारले प्रहरी महानिरीक्षकमा प्रकाश अर्याललाई नियुक्त गरेपछि वरियता क्रममा आफू पहिलो नम्बरमा भएको हुँदा आफूलाई प्रहरी महानिरीक्षक बनाउन माग गर्दै सिलवालले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell