PahiloPost

Jun 21, 2026 | ७ असार २०८३

उच्च अदालतका न्यायाधीश नियुक्तिको सर्वोच्चमा असार १ गते सुनुवाई हुने



रासस

उच्च अदालतका न्यायाधीश नियुक्तिको सर्वोच्चमा असार १ गते सुनुवाई हुने

काठमाडौः सर्वोच्च अदालतले उच्च अदालतका लागि ८० जना न्यायाधीश नियुक्तिविरुद्धमा परेको रिट निवेदनमा आगामी असार १ गते निर्णय सुनाउने भएको छ। 

न्यायाधीशहरु दीपकराज जोशी, विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हाको पूर्ण इजलासले बिहीबार उच्च अदालतका ८० न्यायाधीश नियुक्तिविरुद्धको अन्तिम निर्णय आगामी असार १ गते सुनाउने आदेश भएको सर्वोच्च अदालतका सहप्रवक्ता विश्वराज पौडेलले जानकारी दिए। 

न्यायाधीश नियुक्तिमा वरिष्ठतालाई ध्यान नदिएको, सरकारी वकिललाई प्राथमिकतामा नराखेको उल्लेख गरी नियुक्ति बदर गर्न माग गर्दै अधिवक्ता तोयानाथ ढुङ्गाना, डिलहरि शर्मा, सुरेन्द्रप्रसाद यादव र प्रकाशकुमार काफ्लेले छुट्टाछुट्टै रिट निवेदन दायर गरेका थिए। 

सो विषयमा बिहीबार वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्की र अधिवक्ता डा चन्द्रकान्त ज्ञवालीले बहस गरेका थिए। 

न्यायपरिषद्ले गत पुस २९ गते उच्च अदालतका लागि विभिन्न क्षेत्रबाट ८० जना न्यायाधीशको नियुक्ति गरेको थियो। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell