PahiloPost

Apr 25, 2025 | १२ बैशाख २०८२

बदनियतपूर्वक हराइएको भन्दै ललितपुर महानगरका एमालेका पराजित उम्मेदवारद्वारा रिट दर्ता



रासस

बदनियतपूर्वक हराइएको भन्दै ललितपुर महानगरका एमालेका पराजित उम्मेदवारद्वारा रिट दर्ता

काठमाडौंः ललितपुर महानगरपालिकामा प्रमुखमा पराजित एमालेका उम्मेदवार हरिकृष्ण ब्यञ्जनकारले स्थानीय तहको निर्वाचनमा आफूलाई बद्नियतपूर्वक हराइएको भन्दै पाटन उच्च अदालतमा  मुद्दा दर्ता गरेका छन्। 

मतगणनाकै समयमा दिइएको पटकपटक निवेदनको सुनुवाइ नभएको, गणनाकार्यमा संलग्न कर्मचारीले धाँधली गरी कम्प्युटर इन्ट्रीको समयमा मत हेरफेर गरेका विषयमा रुजुसम्म गर्न नदिएको आरोप लगाइको छ। 

आफ्ना गणना प्रतिनिधिलाई मुचुल्कामा हस्ताक्षरसमेत नगराई एकतर्फी एकलौटी रुपमा मतगणना गरेको आरोप लगाइएको छ भने महानगरको वडा नं १, २, ४, ९ र २६ को गणनामा विवाद भएको र आफ्नो सहमति बेगर आयोग कर्मचारीले पेलेर जाने नीति लिएर आफूलाई अन्यायमा पारेको मुद्दामा उल्लेख छ। मुद्दाको शुक्रबार पेसी तोकिएको छ। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell