PahiloPost

Jun 15, 2025 | १ असार २०८२

सल्यानमा एमालेका २० नेतालाई कारबाही सिफारिस



पहिलोपोस्ट

सल्यानमा एमालेका २० नेतालाई कारबाही सिफारिस

सल्यान: नेकपा एमाले सल्यानले स्थानीय तह निर्वाचनमा पार्टी हित विपरीत कार्य गरेको जनाउँदै २० जना नेतालाई कारबाही गर्न सिफारिस गरेको छ।

एमाले सल्यानले पूर्व जिविस सभापति तथा एमाले प्रदेश नं ६ का प्रदेश सदस्य उदयबहादुर बोहरा, शान्ता हमाल, सहरी विकास विभाग सदस्य इन्द्रकुमार शर्मा र विज्ञान प्रविधि विभाग सदस्य यौवनप्रकाश श्रेष्ठलाई साधारण सदस्यता नरहने गरी कारबाहीका लागि पार्टी केन्द्रीय कार्यालय र अनुशासन विभागमा सिफारिस गरिएको पत्रकार सम्मेलनमा जनाएको छ।

यस्तै लेखा समितिका संयोजक सन्तोष राई तथा जगत न्यौपाने, सुशीला गिरी, ज्ञानप्रकाश शर्मा, काले सार्की, मोहनलाल कुँवर र जीवनसिंह ठकुरीलाई भने साधारण सदस्यता नरहने गरी कारबाही गरिएको एमाले जिल्ला अध्यक्ष गोविन्दबहादुर पुनले जानकारी दिए।

यसैगरी जिल्ला कमिटी सदस्य गिर्दल बोहरा, टीकाराम बोहरा, दामोदर शर्मा, रिमबहादुर बुढाथोकी, धनबहादुर पुन र गणेश बिसी तथा पूर्व जिल्ला कमिटी सदस्य भीमसेन नेपाली र भोलाप्रकाश केसीलाई निर्वाचनमा पार्टीमा सहयोग नगरेकाले स्पष्टीकरण सोध्ने निर्णय भएको अध्यक्ष पुनले जानकारी दिए।

 

चुनाव जितेकालाई पनि स्पष्टीकरण

एमाले सल्यानले स्थानीय तहको निर्वाचनमा निर्वाचित वडाध्यक्षलाई समेत स्पष्टीकरण सोध्ने भएको छ।

शारदा नगरपालिका–३ बाट वडाध्यक्षमा निर्वाचित टोपबहादुर थापालाई पनि स्पष्टीकरण सोधिने पार्टी अध्यक्ष पुनले बताए। पार्टी नीति र विधि विपरीत गएर आफूले मात्र जित्न भूमिका खेलेको भन्दै स्पष्टीकरण सोधिने भएको हो। वडा नं ३ मा वडाध्यक्षमा एमालेले तथा बाँकी सदस्यमा राप्रपा र नेपाली काँग्रेसले जितेका थिए। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell