PahiloPost

Aug 3, 2026 | १८ साउन २०८३

पानी पिउन नपाउँदा नाइजर मरुभूमि क्षेत्रमा ४४ आप्रवासीको मृत्यु



पहिलोपोस्ट

पानी पिउन नपाउँदा नाइजर मरुभूमि क्षेत्रमा ४४ आप्रवासीको मृत्यु

नाएमी: उत्तरी नाइजरको मरुभूमि क्षेत्रमा गाडी बिग्रिएर अलपत्र परेका बालबालिका, महिलासहित ४४ जना सबसाहारा क्षेत्रका आप्रवासीको पानी पिउन नपाउँदा मृत्यु भएको स्थानीय अधिकारीले बताएका छन्।

अगादेजका नगरप्रमुख रिस्सा फेल्टोका अनुसार सबसाहरन क्षेत्रबाट लिबियाका लागि हिँडेका उनीहरुको मरुभूमि क्षेत्रमा गाडी बिग्रेपछि पानीको अभावमा मृत्यु भएको हो। सो क्षेत्र मानव तस्करहरुले अफ्रिकी आप्रवासीलाई ओहोरदोहोर गराउने क्षेत्र र यस्ता घटना यदाकदा यस पहिले पनि हुने गरेको उनको भनाई छ।

नाइजर रेडक्रस सोसाइटीले आप्रवासी शरणार्थीको मृत्यु भएको ठाउँबाट सूचना जम्मा गर्न टोली त्यसतर्फ खटाइएको जनाएको छ।

नाइजर सुरक्षा स्रोतले उनीहरुको गाडी बिग्रेपछि पानी पिउन नपाउँदा गाडीमा यात्रारत सबैको मृत्यु भएको जनाएको छ। रासस/एएफपी



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell