PahiloPost

Jun 15, 2025 | १ असार २०८२

कुश्मा र फलेवास नगर कार्यपालिकामा एमाले विजयी



पहिलोपोस्ट

कुश्मा र फलेवास नगर कार्यपालिकामा एमाले विजयी

फलेवास: पर्वतको कुश्मा नगरपालिकाको नगर कार्यपालिकामा नेकपा एमालेको प्यानलै विजयी भएको छ।

बिहीबार भएको निर्वाचन प्रक्रियामा एमालेको प्यानलै विजयी भएको हो। तीन दलित र अल्पसङ्ख्यक तथा पाँचजना महिला सदस्यका लागि भएको निर्वाचन प्रक्रियामा एमाले विजयी भएको मुख्य निर्वाचन कार्यालयले जनाएको छ।

निर्वाचित हुनेमा दलित तथा अल्पसङ्ख्यकबाट मनोहर विश्वकर्मा, डम्बरबहादुर नेपाली र देवेन्द्रबहादुर नेपाली रहेका छन्। त्यसैगरी, महिला सदस्यमा तारादेवी सार्की, देवी नेपाली, नन्दकला क्षेत्री, राधिकाकुमारी शर्मा र सुमित्रा पौडेल रहेका छन्।

उक्त नगरपालिकाका १४ वटा वडामध्ये नौवटा वडामा एमाले र ५ वडामा नेपाली काँग्रेस विजयी भएको थियो। कुल ७२ मतमध्ये एमालेको प्यानलमा ३७ र काँग्रेसको प्यानलमा ३५ मत खसेका थिए।

योसँगै नगर कार्यपालिकामा एमालेका १७ र नेपाली काँग्रेसका सातजना रहने भएका छन्। स्थानीय तहको निर्वाचनमा कुश्मा नगरपालिकाको प्रमुखमा नेपाली काँग्रेका रामचन्द्र जोशी र उपप्रमुखमा पनि कांग्रेसकै सीता काफ्ले लामिछाने विजयी भएका थिए।

 

फलेवासमा पनि एमाले

पर्वतको फलेवास नगरकार्यपालिकाको निर्वाचन सम्पन्न भएको छ। निर्वाचनबाट नेकपा एमाले विजयी भएको छ। तीनजना दलित तथा अल्पसङ्ख्यक सदस्य तथा पाँच महिला सदस्यका लागि बिहीबार भएको निर्वाचनमा एमाले बहुमतले विजयी भएको हो।

कार्यपालिका सदस्यमा विजयी हुने पाँचजना महिला सदस्यमा केशाकुमारी दमिनी, नन्दु गुरुङ, अमृता काफ्ले, कमला श्रेष्ठ र निर्मला भुषाल रहेका छन्। भने तीनजना अल्पसङ्ख्यक वा दलितबाट नेत्रबहादुर विक, हिराबहादुर सुनार र सेरबहादुर सुनार रहेका छन्।

उनीहरुलाई बिहीबार नै पद तथा गोपनीयताको शपथग्रहण गराइएको छ। फलेवास नगरपालिकाका प्रमुख पदमपाणि शर्माले पदभार ग्रहण गराएका हुन्।

फलेवास नगरमा २१ सदस्यीय नगर कार्यपालिका गठन भएको हो । फलेवास नगरपालिकाका प्रमुख पदमपाणि शर्माले कार्यपालिका, वडा अध्यक्षसहित सदस्यमा निवाचित जनप्रतिनिधीलाई विकास निर्माणमा कटिबद्ध रहेर काम गर्न निर्देशन दिएका छन्। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell