PahiloPost

Apr 14, 2026 | १ बैशाख २०८३

स्याङ्जाका राप्रपा जिल्ला अध्यक्षसहित दुई सय भन्दा बढी नेता कार्यकर्ताद्वारा पार्टी परित्याग



रासस

स्याङ्जाका राप्रपा जिल्ला अध्यक्षसहित दुई सय भन्दा बढी नेता कार्यकर्ताद्वारा पार्टी परित्याग

वालिङः राष्ट्रिय प्रजातन्त्र पार्टी, स्याङ्जाका अध्यक्ष गणेशबहादुर गुरुङसहित २०७ जनाले संयुक्तरुपमा पार्टी परित्याग गरेका छन्।

पार्टी नेतृत्वको असक्षमताका कारण पहिलो चरणको स्थानीय तहको निर्वाचनमा पार्टीले लज्जास्पद हार व्यहोर्नुपरेको भन्दै उनीहरुले पार्टी परित्याग गरेको घोषणा गरेका हुन्।

पत्रकार सम्मेलनमा पार्टी जिल्ला अध्यक्ष गणेशबहादुर गुरुङले केन्द्रीय नेतृत्व सङ्गठन निर्माणभन्दा पनि व्यक्तिगत स्वार्थ र सत्ता लोलुपतामा लागेकाले पार्टीको साधारण सदस्य पनि नरहने गरी पार्टीबाट राजीनामा दिएको घोषणा गरे।

राजीनामा दिनेमा जिल्ला अध्यक्ष गुरुङसहित उपाध्यक्ष झलबहादुर गुरुङ, क्षेत्र नं २ का क्षेत्रीय अध्यक्ष श्यामप्रसाद अर्याल, जिल्ला सदस्य वीरबहादुर गुरुङ, लक्ष्मी खाँण र युवक सङ्गठनका जिल्ला अध्यक्ष रत्नबहादुर गुरुङलगायत छन्। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell