PahiloPost

Jun 21, 2026 | ७ असार २०८३

जङ्गली हात्तीको आक्रमणबाट झापामा एक जनाको मृत्यु



रासस

जङ्गली हात्तीको आक्रमणबाट झापामा एक जनाको मृत्यु

दमकः जङ्गली हात्तीको आक्रमणबाट झापाको हल्दिबारीमा एकजनाको मृत्यु भएको छ। 

हल्दिवारी गाउँपालिका–४ स्थित चौकीबिराम हरियाली सामुदायिक जङ्गलमा आएको हात्तीको आक्रमणबाट च्याउ खोज्न गएका स्थानीय रथी मेचेको मृत्यु भएको हो।

राति जङ्गलमा च्याउ खोज्न गएका मेचेलाई हात्तीले कुल्चिएर मारेको अवस्थामा फेला पारेको प्रहरीले जनाएको छ। मेचेको शव जङ्गलमा घाँस, दाउरा गर्न जानेक्रममा आज बिहान देखेपछि गाउँलेले प्रहरीलाई खबर गरेका थिए। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell