.jpg)
काठमाडौं : कृजोना मिडियाले आयोजना गरेको ‘मोडल अफ इरा सिजन–२’ प्रतिस्पर्धाको उपाधि किरण खनाल तथा रजनी प्रजापतिले जितेका छन्।
विजेता किरणले भ्युअर्स च्वाइस एवार्ड पनि जिते भने रजनीले मोस्ट ब्युटिफूलको शीर्षक उपाधि समेत जितिन्। यो प्रतियोगिता हो।
प्रज्ञा भवनमा आयोजित प्रतियोगितामा दिपेश ठोकर तथा आकृति थापाले फस्ट रनर्स अप तथा अनुष खड्का तथा प्रीति थापाले सेकेण्ड रनर्स अपको उपाधि जित्न सफल भए।
प्रतियोगितामा आयुष खड्काले मोस्ट हेण्डसम, दिपेश ठोकरले बेस्ट फिजिक्स, ज्योती तामाङले बेस्ट फिगर, राजेश श्रेष्ठ तथा आकृति थापाले बेस्ट पर्सनालिटी, बिशेष तामाङ तथा नमी पौडेलले बोस्ट ट्यालेन्टेड, मनिषा पालले भ्युअर्स च्वाइस (महिला), सन्देश श्रेष्ठ र प्रिती थापाले बेस्ट वाक, आभास भट्टराई र रुक्साल प्रजापतिले फेसबुक मल्टिमिडिया तथा कृतिक तामाङ र पुजा थापाले फोटोजेनिकको शीर्षक एवार्ड जित्न सफल भए।
अन्तर्राष्ट्रिय मोडल दीपक घिमिरे, मिस्टर नेपाल गणेश अग्रवाल, मोडल जेनस लामा, ज्योती गिरी तथा अभिनेता गौरव पहारी प्रतियोगितामा निर्णायकको रुपमा रहेका थिए। अभिनेता सुनिल थापा प्रमुख अतिथी रहेको उक्त प्रतिस्पर्धामा प्रतिस्पर्धि मोडलहरुले एजे योल्कका पहिरनहरु शोकेस गरेका थिए।