
काठमाडौं : फिल्म 'ब्ल्याक समर'को अफिसियल ट्रेलर रिलिज भएको छ। एलबी सुब्बा निर्देशित फिल्म बदला, प्रेम र थ्रीलरको कथामा आधारित रहेको छ।
वर्ल्ड प्रिमियरको तयारीमा रहेको फिल्म युनिटले त्यसअघि ट्रेलर रिलिज गरेको जनाएको छ।
फिल्ममा रीमा विश्वकर्मा, रितेश चाम्स, अमिशा राई, जेसन लिङदेन, सपना श्रेष्ठ, दीपक गुरुङ लगायतको अभिनय छ। फिल्लम कथा, पटकथा र स्कृप्ट पनि निर्देशक सुब्बाकै रहेको छ। सरस्वती पराजुली र प्रतिमा दुधराज फिल्मका निर्माता हुन्।
जुन २४ मा पहिलोपटक लन्डनमा रिलिज हुने सिनेमाले अमेरिकादेखि अष्ट्रेलियासम्मको फन्को मार्नेछ।
बेलायतको ३७ थलोमा प्रदर्शन हुने फिल्म अष्ट्रेलिया, अमेरिका, क्यानडा, दक्षिण कोरिया, हङकङ, बेल्जियम, ब्रुनाई, इजरायल र युएईमा पनि रिलिज हुने निर्माण युनिटले जनाएको छ।