PahiloPost

Apr 28, 2026 | १५ बैशाख २०८३

एमालेको अवरोधलाई लिएर सभामुखले डाकिन् प्रमुख तीन दलको बैठक



पहिलोपोस्ट

एमालेको अवरोधलाई लिएर सभामुखले डाकिन् प्रमुख तीन दलको बैठक

काठमाडौं : सभामुख ओनसरी घर्तीले प्रमुख तीन दलको बैठक डाकेकी छिन्। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रधानमन्त्री चुनावको कार्यतालिका प्रकाशन नै नगर्न माग गरेपछि सभामुख घर्तीले प्रमुख तीन दलको बैठक बोलाएकी हुन्। 

राष्ट्रपति विद्यादेवी भण्डारीले सहमतीय सकारका गठनका लागि दिएको अवधि सकिएपछि संसद्ले आगामी २१ गते प्रधानमन्त्री चुनाव हुने गरी कार्यतालिका प्रकाशन गर्ने तयारी गरेको थियो। तर आजको कार्यव्यवस्था परामर्श समिति बैठकमा एमालेले प्रधानमन्त्री चुनावको कार्यतालिका अघि नबढाउन चेतावनी दियो। त्यही कारण सभामुख घर्तीले संसद् सचिवालयको आफ्नै कार्यकक्षमा तीन बजे प्रमुख तीन दलका शीर्ष नेतालाई डाकेकी हुन्। 

सभामुखले प्रतिपक्षीले उठाएको सवालमा सत्तापक्षको धारणा सोध्नुका साथै प्रतिपक्षलाई संसदीय पद्धतिभित्र रहेर आफ्ना गतिविधि संचालन गर्न आग्रह गर्नेछिन्। 

जेठ ९ गते प्रधानमन्त्री पदबाट पुष्पकमल दाहाल प्रचण्डले राजीनामा दिएपछि सरकार कामचलाउ बनेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell