PahiloPost

Jun 21, 2025 | ७ असार २०८२

मनिलास्थित एक क्यासिनोमा बन्दुकधारीको आक्रमण, ३६ जनाको मृत्यु



रासस

मनिलास्थित एक क्यासिनोमा बन्दुकधारीको आक्रमण, ३६ जनाको मृत्यु
फोटो श्रोतःnewsapi.com.au

मनिलाः फिलिपिन्सको राजधानी मनिलास्थित एक होटलको क्यासिनोमा एक बन्दुकधारीले गरेको आक्रमणमा ३६ जनाको मृत्यु भएको छ भने दर्जनौं घाइते भएका छन्।

बिहीबार मध्यराति बन्दुकधारीले आक्रमण गरी उनीहरुको हत्या गरेको हो। आगजनी र गोलीप्रहारपछि बन्दुकधारीले आमहत्या गरेको प्रहरीले जानकारी दिएको छ। 

बन्दुकधारीले एम ४ राइफल र पेस्ट्रोलसमेत प्रयोग गरेको प्रहरी अधिकारी रोनाल्ड डेला रोसाले बताएका छन्। फिलिपिन्सका सुरक्षा अधिकारीहरुले यो घटना आतङककारीहरुले गराएको नभई ‘सन्काह’ व्यक्तिले गराएको बताएका छन्। 

दक्षिणी जिल्लाका प्रहरी प्रमुख टोमस अपोलिनारिओका अनुसार क्यासिनोको दोस्रो तलाको भित्री भागमा केही शवहरु भेटिएका थिए भने केही शव होटलको आराम कक्षमा भेटिएका थिए।  

घटनापछि होटललाई प्रहरीको कडा निगरानीमा राखिएको छ। रासस/एएफपी/सिन्ह्वा 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell