
काठमाडौं : भारत विरुद्ध मैत्रीपूर्ण फुटबल खेल्ने २० सदस्यीय नेपाली फुटबल टोलीको घोषणा भएको छ।
एएफसी एसिया कप २०१९ को छनोट अन्तर्गत यही मंगलबार नेपाल र भारतबीच मुम्बईमा मैत्रीपूर्ण खेल हुँदैछ।
मुख्य प्रशिक्षक ग्योतोकु कोजीले एएफसी कप छनोट अन्तर्गत फिलिपिन्स विरुद्ध खेलेको टोलीमा केही परिवर्तन गरेका छन् भने विमल बस्नेत र हेमन्त थापा मगरलाई भारत विरुद्ध खेल्ने टोलीमा समावेश गरिएको छ।
चोटका कारण फिलिपिन्स नगएका फरवार्ड नवयुग श्रेष्ठ पनि टोलीमा समावेश छन्।
यस्तै फिलिपिन्स विरुद्ध खेलेका डिफेण्डरद्वय रविन श्रेष्ठ र रन्जित धिमाल टिममा छैनन् भने मिडफिल्डर विक्रम लामा र फरवार्ड कर्ण लामा टिममा छैनन्।
नेपाली टोली आइतबार भारत प्रस्थान गर्नेछ। नेपाल र भारत बीचको खेल मुम्बड्ढस्थित अँधेरी स्पोर्ट्स कम्प्लेक्समा हुनेछ।
नेपाली टोली
गोलकिपर : विकेश कुथु, विशाल श्रेष्ठ, किरण कुमार लिम्बु
डिफेण्डर : विराज महर्जन, अनन्त तामाङ, आदित्य चौधरी, कमल श्रेष्ठ, देवेन्द्र तामाङ, जितेन्द्र कार्की, विमल बस्नेत
मिडफिल्डर : रोहित चन्द, विशाल राई, हेमन गुरुङ, अन्जन विष्ट, सुजल श्रेष्ठ, हेमन्त थापा मगर, सुमन लामा
फरवार्ड : विमल घर्ती मगर, भरत खवास, नवयुग श्रेष्ठ
म्यानेजर : विराटजंग शाही
मुख्य प्रशिक्षक : ग्योतोकु कोजी
प्रशिक्षक : राजुकाजी शाक्य
गोलकिपिङ प्रशिक्षक : उज्जवल मानन्धर
फिजियो : राजु दाहाल