PahiloPost

Apr 14, 2026 | १ बैशाख २०८३

सामुदायिक भन्दा निजीमा १५ प्रतिशत भन्दा बढी शिक्षक महिला



रासस

सामुदायिक भन्दा निजीमा १५ प्रतिशत भन्दा बढी शिक्षक महिला

काठमाडौंः आधारभूत तहका सामुदायिक विद्यालय भन्दा संस्थागत (निजी) विद्यालयमा पुरुषको तुलनामा १५ प्रतिशत भन्दा बढी शिक्षक महिला कार्यरत छन्। 

सरकारले शिक्षामा समता र समावेशीताका कार्यक्रमलाई प्राथमिकता दिए पनि सबै तहमा शिक्षक महिलाको सङ्ख्यामा वृद्धि हुनसकेको छैन। कक्षा १ देखि ८ सम्मलाई आधारभूत तह मानिन्छ। 

अर्थ मन्त्रालयबाट प्रकाशित आर्थिक सर्वेक्षण (२०७३/७४) का अनुसार आधारभूत तहका सामुदायिक विद्यालयमा ३२ दशमलव ८ प्रतिशत मात्र शिक्षक महिला रहेकोमा संस्थागत विद्यालयमा भने ४५ दशमलव १ प्रतिशत शिक्षक महिला छन्। हाल मुलुकमा ३५ हजार २२२ विद्यालय छन्। 

सर्वेक्षण अनुसार सामुदायिकतर्फ निजी स्रोतमासमेत गरी शिक्षक महिलाको सङ्ख्या एक लाख १३ हजार ४११ र पुरुष शिक्षक एक लाख ९९ हजार २७६ गरी तीन लाख १२ हजार ६८७ शिक्षक छन्।

निजी विद्यालयतर्फ शिक्षक महिलाको सङ्ख्या ३८ हजार ९३६ र पुरुष शिक्षक ४७ हजार ३२६ गरी ८६ हजार २६२ शिक्षक कार्यरत छन्। 

सामुदायिक विद्यालयका शिक्षकमध्ये अधिकांश तालिम प्राप्त छन् । आधारभूत तहमा ९२ दशमलव ७ प्रतिशत शिक्षक तालिम प्राप्त छन् भने माध्यमिक तह (९—१२) मा ८७ दशमलव ५ प्रतिशत शिक्षक तालिम प्राप्त छन्। 

हाल प्राथमिक तहको खुद भर्ना दर ९६ दशमलव ७ प्रतिशत र टिकाउ दर ८६ दशमलव ८ प्रतिश रहेको छ। 

यस्तै, १५ देखि २४ वर्ष उमेर समूहको साक्षरतादर ८८ दशमलव ६ प्रतिशत रहेको छ। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell