काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेकपा एमाले नेतृत्वको विपक्षी गठबन्धनले सूचना टाँसेर प्रधानमन्त्री चुनावको कार्यतालिका ल्याउन नपाउने बताएको छ। प्रमुख प्रतिपक्षी दल नेकपा एमाले नेतृत्वको विपक्षी गठबन्धन बैठकले सूचना टाँसेको भरमा प्रधानमन्त्री निर्वाचनको कार्यतालिका नल्याउन सभामुखलाई चेतावनी दिएको हो।
नेकपा एमाले संसदीय दलको कार्याल सिंहदरबारमा बसेको गठबन्धनको बैठकले सूचना टाँसेर प्रधानमन्त्री चुनावको कार्यतालिका ल्याए त्यसलाई प्रतिरोध गर्ने निर्णय गरेको छ।
'सूचना टाँसेर प्रधानमन्त्री चुनावको कार्यतालिका नल्याउन हामीले सभामुखलाई आग्रह गर्ने निर्णय गरेका छौं,' गठबन्धनको बैठकपछि नेकपा मालेका अध्यक्ष सिपी मैनालीले भने, 'संसद अवरोध जारी रहेका बेला पहिला संसद्माा रहेको अवरोध खुलाउनुपर्यो त्यसपछि मात्र प्रधानमन्त्री चुनावको कार्यतालिका ल्याउनुपर्यो।' उनले विपक्षी गठबन्धनले पनि उम्मेदवारी दिने वातावरण बनाएरमात्र चुनावी प्रक्रिया थाल्नुपर्ने बताए।