काठमाडौं : काठमाडौंको म्हैपीस्थित एनएमबी बैंकबाट ३२ लाख रुपैयाँ लुटिएको छ। बैैकबाट पैसा झिकेर फर्किन लाग्दा बाइकमा आएका दुई जनाले पैसा लुटेको महानगरीय वृत्त सोह्रखुट्टेका प्रमुख डिएसपी सौमेन्द्र राठोरले बताए।
बा ८२ प ४५२५ नम्बरको कालो पल्सर बाइकमा आएका दुई युवाले पैसा लुटेर फरार भएका थिए। नरेन्द्र कुमार विश्कर्मा र रोशन बोगटीको रकम लुटिएको हो। प्रहरी लुटेराको खोजी भइरहेको जानकारी दिएको छ।