PahiloPost

Jul 28, 2026 | १२ साउन २०८३

इलाममा एउटै पदमा सासुबुहारीको उम्मेदवारीः सासु एमाले र बुहारी माओवादी केन्द्रबाट 



रासस

इलाममा एउटै पदमा सासुबुहारीको उम्मेदवारीः सासु एमाले र बुहारी माओवादी केन्द्रबाट 

इलामः दोश्रो चरणको स्थानीय तहको निर्वाचनमा इलामको सन्दकपुर गाउँपालिका– १ मा एउटै पदका लागि सासुबुहारी प्रतिस्पर्धामा उत्रिएका छन्। 

गाउँपालिकामा दलित महिला कोटामा नेकपा एमालेबाट सासु दिलमाया विक र नेकपा माओवादी केन्द्रबाट बुहारी सीता विक चुनावी प्रतिस्पर्धामा छन्।
दुबै आफू जित्ने दाबीका साथ अहिले उनीहरु चुनाव प्रचारप्रसारमा हिँडिरहेका छन्।

एउटै पदमा एकै परिवारबाट दुई फरक दलबाट उम्मेदवारी परेपनि आफूहरुबीच कुनै घरायसी समस्या नभएको दिलमाया बताउँछिन्। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell