PahiloPost

Mar 6, 2025 | २२ फागुन २०८१

सुडानमा झाडापखालाबाट मृत्यु हुनेको संख्या २६५ पुग्यो



रासस

सुडानमा झाडापखालाबाट मृत्यु हुनेको संख्या २६५ पुग्यो
फोटो श्रोतःenca.com

खार्तुमः सुडानमा गत अगस्टदेखि अहिलेसम्म झाडापखालाबाट २६५ जनाको मृत्यु भएको छ।

देशका ११ वटा राज्यमा यो अवधिमा झाडापखालाबाट १६ हजार १२१ व्यक्ति प्रभावित भएका स्वास्थ्यमन्त्री बहार इद्रिस् अबु गरादाले जानकारी दिए।
उनले वर्षा सुरु हुन लागेकाले झाडापखालाका बिरामीहरुको सङ्ख्या अझ बढ्नसक्ने बताए।

स्वास्थ्य मन्त्रीको प्रतिवेदनका अनुसार सुडानको ह्वाइट नाइल राज्यमा सबैभन्दा बढी चार हजार ५१२ झाडापखालका बिरामी छन्।

त्यसैगरी, ब्लु नाइल राज्य दोस्रो स्थानमा परेको छ। त्यहाँ चार हजार ४७१ जनामा झाडापखालाको प्रकोप देखिएको छ भने १२ जनाको मृत्यु भएको छ।

तेस्रो स्थानमा परेको सिनार राज्यमा दुई हजार ४०१ जना प्रभावित भएका र १४ जनाको मृत्यु भएको प्रतिवेदनमा उल्लेख छ। 

खार्तुम राज्यमा १० महिनाको अवधिमा १९ जनाको मृत्यु भएको र ८७८ जना प्रभावित भएका छन्। 

रेड सि प्रदेशमा एक हजार १३७ जना प्रभावित भएका र १९ जनाको मृत्यु भएका बेला गेजिरामा ५५ जनाको मृत्यु र ९८२ जना प्रभावित भएका छन्। 

स्वास्थ्य मन्त्रीले पानीका स्रोतहरुको अवलोकन गरी सफा बनाउनेतर्फ लाग्नुपर्नेमा जोड दिएका छन्।रासस/सिन्ह्वा 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell