PahiloPost

Apr 14, 2026 | १ बैशाख २०८३

श्रीलङ्काका बाढी पीडितलाई युरोपेली आयोगद्वारा तीन लाख युरो सहयोग



रासस

श्रीलङ्काका बाढी पीडितलाई युरोपेली आयोगद्वारा तीन लाख युरो सहयोग
फोटो श्रोतःyahoo.com

कोलम्बोः युरोपेली आयोगले श्रीलंकाका बाढीपीडितलाई मानवीय सहायता कोषमार्फत तीन लाख युरो छुट्याइएको जनाएको छ। 

आपतलीन सहयोगस्वरुप श्रीलङ्कालाई सहयोग दिन लागेको आयोगले जानकारी दिएको छ। 

युरोपेली आयोगको मानवीय सहायता र सङ्कट व्यवस्थापन आयुक्त क्रिष्टोस् स्टीलिअनीदेस आफूहरुको सहयोग तल्लो तहका सबैभन्दा बढी प्रभावित परिवारका सदस्यहरुलाई भएको बताए।

आयोगले प्रभावित क्षेत्रका वासिन्दालाई खाद्यान्न, खानेपानी, सरसफाइका सामग्री, आश्रयस्थललगायत अत्यावश्यक भएको पनि जनाएको छ। 

श्रीलङ्कामा बाढीपहिरोका कारण मृत्यु हुनेको सङ्ख्या शुक्रबारसम्म २०६ पुगेको र ९२ जना अझै हराइरहेको प्रकोप व्यवस्थापन केन्द्रले जनाएको छ। 

केन्द्रका अनुसार बाढी पहिरोले करिव ६ लाख ५० हजार सर्वसाधारण प्रभावित भएका छन्। बाढी पहिरोका कारण १० हजार घर पूर्ण तथा आंशिक रुपमा क्षतिग्रस्त भएका छन्। 

श्रीलङ्कालाई सन् २००३ देखि बाढी पहिरोले नराम्ररी सताउन थालेको हो।रासस/सिन्ह्वा 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell