
मुगुः छायानाथ रारा नगर कार्यपालिकाको निर्वाचनमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रको संयुक्त समूहका उम्मेदवार विजयी भएका छन्।
मुख्य निर्वाचन अधिकृतको कार्यालय गमगढीका अनुसार नगर कार्यपालिकामा महिलाबाट पञ्चकला रावल, गौरीकला चौलागाईं, सीमाकुमारी सुनार, हरिनी नेपाली र हजरकला कामी एमालेबाट तथा दलित वा अल्पसङ्ख्यकबाट माओवादी केन्द्रका कर्णबहादुर कुलाल, दानसिंह कामी र नौलासिंह कामी विजयी भएका छन्।
उता, मुगम कार्मारोङको गाउँ कार्यपालिकाका ६ वटै पदमा पूरै एमालेको समूह निर्वाचित भएको छ भने खत्याड गाउँपालिकामा मिश्रित परिणाम आएको छ। त्यहाँ माओवादी केन्द्र र एमालेका दुई/दुई तथा कांग्रेस र परिवार दलका एक/एक जना विजयी भएका छन्।रासस