PahiloPost

Jun 15, 2025 | १ असार २०८२

अकूत सम्पत्ती जोडेको आरोपमा राजश्व विभागका महानिर्देशक चुडामणि शर्मा पक्राउ



पहिलोपोस्ट

अकूत सम्पत्ती जोडेको आरोपमा राजश्व विभागका महानिर्देशक चुडामणि शर्मा पक्राउ

काठमाडौं : अकूत सम्पत्ती आर्जन गरेको आरोपमा आन्तरिक राजश्व विभागका महानिर्देशक चुडामणि शर्मा पक्राउ परेका छन्। 
कर फर्छ्यौट आयोगबाट २० अर्ब रुपैयाँ उन्मुक्ति, एनसेल बिक्री करमा छुटको लबिङ लगायतका विवादित मुद्दामा मुछिएका शर्मालाई आज अख्तियारले पक्राउ गरेर अनुसन्धान थालेको हो।

लाजिम्पाटस्थित आन्तरिक राजश्व विभागबाटै दिउँसो १२:३० बजे उनलाई अख्तियारको टोलीले नियन्त्रणमा लिएको थियो। उनीमाथि राजश्व विभागमा रहँदा भ्रष्टाचार गरेलगायतका उजुरीका आधारमा अख्तियारले पक्रेको हो।

यो पनि पढ्नुहोस्
कर फर्छ्यौट आयोग मार्फत यसरी लुटाइन्छ राज्य, चुडामणि सहितको आयोगले दियो २० अर्ब मिनाहा

देशमा तयार हुँदैछ ५१ अर्ब घोटालाको स्क्रिप्ट



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell