PahiloPost

Mar 6, 2025 | २२ फागुन २०८१

सोलुखुम्बुमा एमाले र माओवादीद्वारा उम्मेदवार छनौट, कांग्रेसको बाँकी



रासस

सोलुखुम्बुमा एमाले र माओवादीद्वारा उम्मेदवार छनौट, कांग्रेसको बाँकी

सोलुखुम्बुः  सोलुखुम्बुमा नेकपा माओवादी केन्द्र र नेकपा एमालेले उम्मेदवारको टुंगो लगाएका छन्।

आगामी असार १४ गते हुने स्थानीय तह निर्वाचनका लागि माओवादी केन्द्रले एक नगरपालिकासहित सात गाउँपालिकाका प्रमुख र उपप्रमुख सहमतिमै टुङ्ग्याएको हो।

माओवादीले सोलुदूधकुण्ड नगरपालिका प्रमुखमा ङिमातेण्डुप शेर्पा र उपप्रमुखमा ङिमाडोमा शेर्पालाई उम्मेदवार बनाएको छ।

त्यस्तै, दूधकोसी गाउँपालिका प्रमुखमा आसकुमार राई र उपप्रमुखमा निरकुमारी राई, लिखुपिके गाउँपालिका प्रमुखमा डम्बरबहादुर बस्नेत र उपप्रमुखमा प्रमिला बस्नेत, दूधकोसी गाउँपालिका प्रमुखमा असिम राई र उपप्रमुखमा मेनुका पुरीलाई उम्मेदवार बनाएको छ। सोताङ गाउँपालिका प्रमुखमा सौमान राई र उप्रमुखमा तारा राईलाई उम्मेदवार बनाउने माओवादी केन्द्रले निर्णय गरेको छ। 
 
त्यस्तै, महाकुलुङ गाउँपालिका प्रमुखमा सागर किराँती र उपप्रमुखमा झर्ना किराँती, नेचा सल्यान गाउँपालिका प्रमुखमा केशरबहादुर राई, खुम्बु पासाङ ल्हमु गाउँपालिका प्रमुखमा नाम्गेल शेर्पा र उप्रमुखमा फु शेर्पालाई अगाडि सारेको छ। 

यसैबीच, नेकपा एमाले सोलुखुम्बुले पनि सम्पूर्ण तहमा उम्मेदवारको टुङ्गो लगाएको छ।

एमाले प्रचारप्रसार समितिका सचिव जगनाथ बास्तोलाका अनुसार सोलुदूधकुण्ड नगरपालिका प्रमुखमा आङदामी शेर्पा र उपप्रमुखमा कल्पना राईलाई उम्मेदवार बनाइएको छ। 

नेचा सल्यान गाउँपालिका प्रमुखमा ढुफकुमार बास्तोलालाई उम्मेदवार बनाइएको छ। 
सोताङ गाउँपालिका प्रमुखमा वीरबहादुर राई, खुम्बु पासाङ ल्हमु गाउँपालिका प्रमुखमा ङिमदोर्जी शेर्पा, लिखुपीके गाउँपालिका प्रमुखमा पोस्टकुमार कार्की, दूधकोसीका गाउँपालिका प्रमुखमा श्यामकुमार राई र उपप्रमुखमा कल्पना बस्नेत तथा दूधकोसी गाउँपालिका प्रमुखमा बुद्धिकिरण राई र उपप्रमुखमा जुनिता मगरलाई उम्मेदवार बनाइएको छ।

नेपाली कांंग्रेसले भने आकाङ्क्षी बढी हुँदा उम्मेदवार टुङ्ग्याउन सकेको छैन।रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell