PahiloPost

Jun 15, 2025 | १ असार २०८२

ललित स्मृति यू-१८ च्याम्पियनसिप : फ्रेण्ड्स र च्यासलको सजिलो जित



पहिलोपोस्ट

ललित स्मृति यू-१८ च्याम्पियनसिप : फ्रेण्ड्स र च्यासलको सजिलो जित

काठमाडौं : ललित स्मृति यू-१८ च्याम्पियनसिप अन्तर्गत शुक्रबार भएको खेलमा फ्रेण्ड्स क्लब र च्यासल युथ क्लबले सजिलो जित हासिल गरेका छन्।

एन्फा कम्प्लेक्समा भएको समूह ए को खेलमा च्यासलले सशस्त्र प्रहरी बलको एपीएफलाई २-० ले हरायो।  च्यासलका लागि सुसन श्रेष्ठले १९औं तथा सन्नी ब्यनजनकारले ५२औं मिनेटमा गोल गरे।

जितपछि समूह ए मा च्यासलले २ खेलबाट ४ अंक जोडेको छ।

यस्तै समूह बी को खेलमा फ्रेण्ड्सले सुदूरपश्चिम फुटबल क्लबलाई ४-१ ले पराजित गरेको छ। फ्रेण्ड्सको लागि दीपेश प्रशाईँले ११औं र ४५ औं मिनेटमा गोल गरे भने रुमेश बरतौलाले १२औं तथा धिरज श्रेष्ठले ३३औं मिनेटमा गोल गरे। सुदूरपश्चिमका लागि राजेन्द्र देउवाले सान्त्वना गोल फर्काए।

लगातार दोस्रो जितपछि फ्रेण्ड्सले समूह बी मा ६ अंक जोडेको छ। यस्तै दुई खेल नै जितेको आर्मीको पनि समूह ए मा ६ अंक छ। यी दुईले एकआपसमा अन्तिम खेल खेल्नुअघि नै क्वाटरफाइनलमा स्थान बनाएका हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell