काठमाडौं : ललितपुरको सानेपामा संचालित एक जुवा खालमा प्रहरीले छापा मारेको छ। छापा मार्दा प्रहरीले खाल संचालक तारा शर्मा रिजाल र कपिलनाथ पाललाई पक्रेको केन्द्रीय अनुसन्धान व्युरोका एसपी मीरा चौधरीले जानकारी दिइन्।
प्रहरीले खालबाट करिब पाँच लाख नगद र हजारौ बराबरको 'क्यासिनो क्वाइन' बरामत गरेको हो। मुख्य खाल संचालक रमेश अग्रवाल भने फरार छन्।