PahiloPost

Jun 15, 2025 | १ असार २०८२

पोखरा पुगेर प्रधानसेनापतिले भने–नेपाली सेना बिखण्डनकारीको तमासा हेरेर बस्दैन



पहिलोपोस्ट

पोखरा पुगेर प्रधानसेनापतिले भने–नेपाली सेना बिखण्डनकारीको तमासा हेरेर बस्दैन

पोखराः प्रधानसेनापति राजेन्द्र क्षेत्रीले नेपाली सेना बिखण्डनकारीहरुको तमासा टुलुटुलु हेरेर नबस्ने चेतावनी दिएका छन्।
 
पोखराको फुलबारी ब्यारेकमा पश्चिमाञ्चल भूपु सैनिक सम्मेलनलाई सम्बोधन गर्दै प्रधानसेनापति क्षेत्रीले राष्ट्रिय अखण्डता र स्वाधीनताको रक्षार्थ नेपाली सेना जस्तोसुकै जोखिम मोल्न तयार रहेको बताए।

पछिल्लो समय राजनीतिको बहानामा मुलुकमा बिखण्डनकारीहरुले सामाजिक सदभाव खल्बल्याउने दुस्प्रयास गरिरहेको भन्दै क्षेत्रीले यसो गरिरहँदा नेपाली सेना चुप लागेर बस्न नसक्ने बताए।

नेपाली सेना स्थापनाकालदेखिनै संविधानको अधिनमा रही नेपालको सार्वभौमसत्ता भौगोलिक अखण्डता र स्वाधिनताको रक्षा गर्न कटिवद्ध भएर लागेको वताउँदै क्षेत्रीले संविधानको रक्षाका लागि संविधानले निर्देशित गरेका मुल्य मान्यतालाई आत्मसाथ गरेर अगाडि वढिरहेको वताए।

प्रधानसेनापति क्षेत्रीले मुलुकमा पहिलो चरणको स्थानीय तहको निर्वाचन सम्पन्न गर्नमा नेपाली सेनाको ठूलो महत्व रहेको बताउँदै दोश्रो निर्वाचन सम्पन्न गर्नपनि सुम्पिएको जिम्मेवारी कुशलतापूर्वक पूरा गर्ने बताए ।  
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell