PahiloPost

Aug 3, 2026 | १८ साउन २०८३

च्याम्पियन्स ट्रफी : वर्षा बाधक बनेपछि अष्ट्रेलिया र न्यूजिल्याण्डले बाँडे अंक



पहिलोपोस्ट

च्याम्पियन्स ट्रफी : वर्षा बाधक बनेपछि अष्ट्रेलिया र न्यूजिल्याण्डले बाँडे अंक

वर्षाले खेल रद्ध भएपछि च्याम्पियन्स ट्रफीअन्तर्गत अष्ट्रेलिया र न्यूजिल्याण्डले १/१ अंक बाँडेका छन्।

२९२ रनको लक्ष्य पछ्याउने क्रममा अष्ट्रेलियाले ९ ओभरमा ५३/३ रन बनाउँदा पानी परेपछि खेल हुन नसकेको हो।

त्यसअघि वर्षाले अबरुद्ध पारेपनि ४६ ओभरमा घटाइएको पहिलो इनिङ्समा न्यूजिल्याण्डले ४५ ओभरमा सबै विकेट गुमाएर २९१ रन बनाएको थियो।

न्यूजिल्याण्डका लागि कप्तान केन विलियमसनले शतक प्रहार गरे। रनआउट हुनुअघि विलियमसनले ९७ बल खेल्दै  ८ चौका र ३ छक्का प्रहार गरे। यस्तै लुक रोन्चीले ६५ तथा रोस टेलरले ४६ रन बनाएका थिए।

बलिङमा अष्ट्रिलयाका जोस हाजेलहुड एक्लैले ६ विकेट लिए भने जोन हास्टिङले २ विकेट झारे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell