बागलुङः बागलुङको ढोरपाटन नगरपालिकामा कार्यपालिका सदस्य निर्वाचित भएका छन्।
तीन दलित तथा अल्पसङ्ख्यक र पाँच महिला सदस्यका लागि भएको निर्वाचनबाट नेकपा एमाले र राष्ट्रिय जनमोर्चाका उम्मेदवार विजयी बनेका हुन्। दलित तथा अल्पसङ्ख्यकतर्फ गोकुल शेरचन, थमबहादुर छन्त्याल र नरबहादुर सुनार निर्वाचित भएका छन्।
महिला सदस्यतर्फ ताराकुमारी पुन, छवि विक, शान्ति विक, बेलकुमारी छन्त्याल र धनिमला विक निर्वाचित भएका छन्।
त्यस्तै, काठेखोला गाउँपालिकामा कार्यपालिका सदस्यको निर्वाचनबाट संयुक्त वाम मोर्चा–राप्रपाका उम्मेदवार विजयी बनेका छन्।
कार्यपालिका सदस्यमा अल्पसङ्ख्यक तथा दलितकातर्फबाट टीका सङ्गम विक र हेमलाल विक निर्वाचित भएका छन्।
महिला सदस्यतर्फ चित्रकुमारी विक, जमुना कँडेल, सुन्तली विक र नैनकला खड्का निर्वाचित भएका छन्।
राप्रपासहित अन्य वामपन्थी दलले संयुक्त उम्मेदवारी दिए पनि नेपाली काँग्रेस एक्लैले उम्मेदवारी दिएको थियो।
महिला, दलित र अल्पसङ्ख्यकको प्रतिनिधित्व सुनिश्चित भएसँगै काठेखोला गाउँपालिकाको कार्यपालिका र गाउँसभाले पूर्णता पाएको छ। रासस