PahiloPost

Apr 28, 2026 | १५ बैशाख २०८३

बामदेवको नाम चर्चामै सीमित, प्रधानमन्त्रीमा एमालेले उम्मेदवार नदिने



पहिलोपोस्ट

बामदेवको नाम चर्चामै सीमित, प्रधानमन्त्रीमा एमालेले उम्मेदवार नदिने

काठमाडौं : नेकपा एमालेले प्रधानमन्त्री पदमा उम्मेद्वारी नदिने र शेरबहादुर देउवाको विपक्षमा मतदान गर्ने भएको छ। 
एमाले नेता शंकर पोखरेलले शुक्रबार उपाध्यक्ष बामदेव गौतमको नाम सम्भावित उम्मेद्वारको रुपमा चर्चामा ल्याएका थिए।

तर, शनिबार भने एमालेले विपक्षमा मतदान गर्ने तर उम्मेद्वार नउठाउने तयारी गरेको हो। पोखरेलले पहिलोपोस्टसित भने 'गठबन्धन कस्तो बन्छ हेर्नुपर्छ, गठबन्धन कमजोर हुने अवस्थामा उम्मेद्वार उठाउने कुरा भएन। सम्भावना कम छ।'

देउवाले भने उम्मेद्वारी दर्ता गरिसकेका छन्। यसअघि पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्रीको उम्मेद्वारी दिदाँ पनि एमालेले उम्मेद्वार खडा गरेको थिएन। उसले विपक्षमा मतदान गरेको थियो। 

एमाले प्रमुख सचेतक भानुभक्त ढकालले पनि उम्मेद्वार नबनाउने तयारी भैरहेको बताए। तर एमालेले स्थायी समिति बैठक भने डाकेको छ। देउवाको उम्मेद्वारी दर्ता भैसकेको अवस्थामा एमाले स्थायी समितिले उम्मेद्वार खडा गर्ने भन्दा विपक्षमा मतदान गर्ने सम्भावना बढी छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell