PahiloPost

Apr 14, 2026 | १ बैशाख २०८३

हिम पहिरोमा परी दार्चुलामा एक यार्सा सङ्कलकको मृत्यु



रासस

हिम पहिरोमा परी दार्चुलामा एक यार्सा सङ्कलकको मृत्यु

भीमदत्तनगरः हिम पहिरोमा परी दार्चुलामा एक जना यार्सा सङ्कलकको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन्। 

यार्सा सङ्कलनका क्रममा बिहीबार दार्चुलाको अपिहिमाल गाउँपालिका–१ मा हिमपहिरोमा परी बैतडीको चनौलपानीका ४८ वर्षीय धौलसिंह बोहराको मृत्यु भएको हो। 

प्रहरीका अनुसार हिमपहिरोमा परी चनौलपानीकै २१ वर्षीय जनक धामी गम्भीर घाइते भएका छन्।

यार्सा सङ्कलन गर्न बोहरा गत महिना दार्चुला गएका थिए। आम्दानीको राम्रो स्रोत बन्न थालेपछि दार्चुला र बझाङको उच्च हिमाली भेगमा हरेक वर्ष यार्सा सङ्कलनका लागि मानिसहरु जाने गर्छन्। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell