PahiloPost

Jul 20, 2025 | ५ साउन २०८२

पेरिस सम्झौताबारे अमेरिकी निर्णयप्रति बेलायती अडान कमजोर भएको प्रतिपक्षीको आरोप



रासस

पेरिस सम्झौताबारे अमेरिकी निर्णयप्रति बेलायती अडान कमजोर भएको प्रतिपक्षीको आरोप
फोटो श्रोतःeenews.net

लण्डनः बेलायतको प्रतिपक्षी लेवर पार्टीले प्रधानमन्त्री थेरेसा मेले अमेरिकाले जलवायु परिर्वतनको मुद्दामा लिएको निर्णयप्रति कमजोर प्रतिक्रिया दिएको भनी कडा आलोचना गरेको छ।
 
लेवर पार्टीका जेरमी कर्विनले प्रधानमन्त्री मेले अमेरिकी राष्ट्रपतिको निर्णयलाई कडा आलोचना गर्न नसकेको आरोप लगाए। 

कर्विनले भने,‘बेलायती प्रधानमन्त्री मेलाई हाम्रा अन्तर्राष्ट्रिय साझेदार राष्ट्रसँग एक भएर आलोचना गर्ने मौका दिइएको थियो तर उहाँ डोनाल्ड ट्रम्पबाट उपयोग हुनुभयो।’

अमेरिकाले हालैमात्र जलवायु सम्वन्धमा भएको पेरिस सम्झौताबाट बाहिरिने निर्णय दिएपछि यूरोपेली नेताहरुले ट्रम्प प्रशासनको कडा आलोचना गरेका छन्। 

बेलायती प्रधानमन्त्री मेले अमेरिकी राष्ट्रपतिको निर्णयप्रति निराशा व्यक्त गर्दै बेलायत पेरिस सम्झौताप्रति प्रतिवद्ध रहेको, डाइनिङ् स्टीटद्वारा जारी विज्ञप्तिमा जनाइएको छ। रासस/सिन्ह्वा 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell