PahiloPost

Jul 28, 2026 | १२ साउन २०८३

आरोही फर्किएपछि सगरमाथा आधारशिविर सुनसान



रासस

आरोही फर्किएपछि सगरमाथा आधारशिविर सुनसान

सोलुखुम्बुः हिमाल आरोहण गर्न गएका आरोही फर्किसकेपछि सगरमाथा आधारशिविर सुनसान देखिएको छ।
 
सगरमाथा, ल्होत्से र नुप्त्से हिमाल आरोहण गर्न गएका आरोही फर्किसकेकाले सगरमाथा आधारशिविर सुनसान देखिएको हो। 

आरोहणको मुख्य मौसम (चैतको दोस्रो हप्तादेखि जेठको दोस्रो हप्तासम्म) आधारशिविर आरोहीले भरिएका हुन्छन्। 

अहिले त्यहाँ सगरमाथा प्रदूषण नियन्त्रण समिति एसपीसीसीका फोहर सङ्कलन गर्ने कर्मचारी र अन्य एकाध मजदुर मात्र बाँकी रहेका एसपीसीसीका कार्यक्रम संयोजक कपिन्द्र राईले जानकारी दिए। 

वसन्त ऋतुमा सगरमाथा आरोहण गर्न आउने आरोहीले जेठ १५ (मे २९) भित्र आरोहण गरिसक्नुपर्ने र जेठ १८ गते (जुन १) भित्र आधारशिविर खाली गरिसक्नुपर्ने नियम छ। धेरैजसो आरोही जेठको १४ र १५ गते नै फर्किएका थिए। 

आधारशिविरको सरसफाइ गरिरहेका कमिटीका सदस्य फर्केपछि सगरमाथा आधारशिविर पूर्णरुपमा सुनसान हुनेछ। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell