PahiloPost

Apr 14, 2026 | १ बैशाख २०८३

सुरक्षा परिषद्द्वारा उत्तर कोरियामाथि थप प्रतिवन्धको घोषणा



रासस

सुरक्षा परिषद्द्वारा उत्तर कोरियामाथि थप प्रतिवन्धको घोषणा
फोटो श्रोतःvice.com

संयुक्त राष्ट्रसङ्घः संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्ले उत्तर कोरियालाई थप प्रतिवन्ध लगाएको छ।

उत्तर कोरियाको क्षेप्यास्त्र परीक्षणका कारण कोरियाली प्रायद्वीपमा तनाव बढिरहेका बेला राष्ट्रसंघले थप प्रतिवन्ध लगाएको हो। 

अन्तरर्राष्ट्रिय भ्रमणमा प्रतिवन्ध र सम्पत्ति रोका गर्नेसहितको अमेरिका र चीनको प्रस्तावलाई सुरक्षा परिषद्का १५ सदस्य राष्ट्रले अनुमोदन गरेका हुन्। 

चीन र अमेरिकाको लामो समयदेखिको प्रयास र छलफल उनीहरुका बीचमा भएको सहमति अनुसार सुरक्षा परिषद् यस्तो निर्णयमा पुगेको हो । 

उत्तर कोरियाका चारवटा कम्पनी र १४ जना उत्तर कोरियाका नागरिकलाई भ्रमण प्रतिवन्ध लगाइएको अधिकारीहरुले बताएका छन्। 

पारमाणविक र क्षेप्यास्त्र परीक्षण नगर्न राष्ट्रसङ्घ र विभिन्न देशको आग्रहलाई उत्तर कोरियाले अस्वीकार गर्दै आइरहेको छ। पछिल्लो समयमा उत्तर कोरियाले क्षेप्यास्त्र परीक्षणको श्रृङखलालाई थप बढाएको छ। रासस/एएफपी/सिन्ह्वा 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell