PahiloPost

Jun 18, 2024 | ५ असार २०८१

सिरहामा एमालेद्वारा उम्मेदवार चयन



रासस

सिरहामा एमालेद्वारा उम्मेदवार चयन

लहानः दोश्रो चरणको स्थानीय तह निर्वाचनका लागि नेकपा एमालेले सिरहाका ६ नगरपालिका र ९ गाउँपालिकाका प्रमुख/अध्यक्ष पदमा उम्मेदवार चयन गरेको छ।
 
एमाले सिरहाका अध्यक्ष प्रमोद यादवकाअनुसार लहान नगरपालिकाकाको प्रमुखमा मुनी साह, गोलबजार नगारपालिकाको प्रमुखमा श्याम श्रेष्ठ, मिर्चैया नगरपालिकाको प्रमुखमा प्रदीप महासेठ र सुखिपुर नगरपालिकाको प्रमुखमा रामअवतार यादवलाई उम्मेदवार बनाइएको छ।
 
त्यसैगरी, कल्याणपुर नगारपालिकाको प्रमुखमा रामपुकार साह, सिरहा नगरपालिकाको प्रमुखमा डा नवीन यादवलाई उम्मेदवार बनाएको छ।

त्यस्तै, सखुवान नकारकट्टी गाउँपालिका अध्यक्षमा केदारनाथ यादव, भगवानपुरमा उग्रनारायण यादव, लक्ष्मीपुरपतारीमा देवनारायण साह, नवराजपुरमा सुरेन्द्र यादव, अर्नमामा चन्देश्वर मण्डललाई उम्मेदवार बनाएको छ। 


त्यस्तै, विष्णुपुरमा सत्यनारायण यादव, कर्जन्हामा रामदयाल महतो, नरहामा रामशरण यादव र औरहीमा शुभरण यादवलाई गाउँपालिका अध्यक्षमा उम्मेदवार बनाउने निर्णय गरेको छ। 

धनगढीमाई नगरपालिका प्रमुखमा उत्तरबहादुर जर्घामगर, शिवशङ्कर महतो र भगलु महतोको नाम प्रदेश समितिमा सिफारिस गरेको एमालेले जनाएको छ।रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell