PahiloPost

Jul 28, 2026 | १२ साउन २०८३

गुणस्तरीय स्वास्थ्य सेवा अझै चुनौतिपूर्णः राष्ट्रपति 



रासस

गुणस्तरीय स्वास्थ्य सेवा अझै चुनौतिपूर्णः राष्ट्रपति 

काठमाडौंः राष्ट्रपति विद्यादेवी भण्डारीले अझैपनि सहज र सुपथ स्वास्थ्य सेवा पुर्याउन चुनौती रहेको बताएकी छन्। 

नेपाल क्यान्सर अस्पतालको उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले कडा रोगको उपचारमा ठूलो धनराशि खर्च गर्न परिरहेको उल्लेख गरिन्। 

कार्यक्रममा स्वास्थ्यमन्त्री गगनकुमार थापाले सरकारको एक्लो प्रयासले मात्र स्वास्थ्य सेवाका उद्देश्य पूरा नहुने भएकाले जनतालाईसँगै लैजान यसै वर्षमा ‘मेरो वर्षः म स्वस्थ मेरो देश स्वस्थ’ नामक अभियान सुरु गरेको बताए। 

उनले कडा रोगको उपचार सहज र सस्तो बनाउन प्रारम्भिक अवस्थामा रोगको पहिचान र उपचार गर्न हरेक रोगको प्रोटोकल बनाउन लागिएको जानकारी दिए।रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell