
काठमाडौं : प्रथम प्राइममिनिस्टर कप क्रिकेटको सेमिफाइनल समिकरण पूरा भएको छ।
शनिबार भएको समूह चरणको अन्तिम खेलमा मध्यमाञ्चललाई ६ विकेटले हराएर सशस्त्र प्रहरी बलको एपीएफ समूह ए को विजेता बनेसँगै सेमिफाइनलमा समिकरण तय भएको हो। हसिम अन्सारीले जारी प्रतियोगिताकै पहिलो शतक प्रहार गरेपनि मध्यमाञ्चलको लागि त्यो पर्याप्त भएन।
समूह ए मा लगातार तीन खेल जित्दै एपीएफ समूह विजेता बन्दा पश्चिमाञ्चल उपविजेता बन्यो।
एपीएफले अब विभागीय डर्बीमा सोमबार पहिलो सेमिफाइनल खेल नेपाल पुलिससँग खेल्नेछ। यस्तै अर्को सेमिफाइनल समूह बी को विजेता त्रिभुवन आर्मी र पश्चिमाञ्चलबीच मगलबार हुनेछ।
हसिम अन्सारीको शतक
शनिबार कीर्तिरपुरस्थति टीयू मैदानमा मध्यमाञ्चलका हसिम अन्सारीले जारी प्रतियोगिताकै पहिलो शतक प्रहार गरेपनि जितका लागि पर्याप्त भए।
अन्सारीको शतक मद्दतमा टस हारेर पहिले ब्याटिङ गरेको मध्यमाञ्चलले ४८.३ ओभरमा अलआउट हुनुअघि १८८ रन बनाए। १२४ बल खेलेका अन्सारीले १२ चौका र १ छक्काको मद्दतमा १०१ रन बनाए। नियमित कप्तान शरद भेषावकरको अनुपस्थितीमा अन्सारीले कप्तानी समेत सम्हालेका थिए।
सोनु तामाङले २७ तथा रसिद खानले ११ रन बनाउनुबाहेक मध्यमाञ्चलका अन्य खेलाडीले दोहोरो अंक छुन सकेनन्।
उसलाई अलआउट गर्न एपीएफका कप्तान ज्ञानेन्द्र मल्लले ४ तथा अभिनसा बोहरा र भुवन कार्कीले समान २ विकेट लिए।
जवाफमा अनिल शाहले नटआउट ७८ रन बनाएपछि एपीएफले १८८ रनको लक्ष्य ३४ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो। ८५ बल खेलेका शाहले ११ चौका र २ छक्का समेत प्रहार गरे।
यस्तै ओपनर सन्दीप सुनारले ४१ तथा आसिफ शेखले २२ रनकव योगदान गरे भने कप्तान ज्ञानेन्द्र २८ रनमा नटआउट रहे।
बलिङमा मध्यमाञ्चलका शसी केशरीले ३ विकेट लिए।