काठमाडौं : नवगायक विशाल निरौलाको डान्सिङ गीती भिडियो सार्वजनिक भएको छ।
निरौलाकै शब्द, संगीत र स्वर समावेश गीतको म्युजिक भिडियो शनिबार युट्युवमार्फत सार्वजनिक गरिएको हो।
बिशाल नेपालीले निर्देशन गरेको उक्त भिडियोमा अभिनेत्री अशिष्मा नकर्मी, विशाल नेपाली, अनिल पौडेल लगायत कलाकारको अभिनय रहेको छ।
ज्ञानेन्द्र शर्माले खिचेको भिडियोको सम्पादन टेकेन्द्र शाहले गरेका हुन्।