
काठमाडौंः पोस्टमार्टम गर्ने व्यक्तिको कथामा निर्माण भएको चलचित्र 'भूईँमान्छे’को टिजर सार्वजनिक भएको छ।
साउन २० गतदेखि प्रदर्शनमा आउने भूईँमान्छेको टिजरमा भलिवल खेलाडी सिपोरा गुरुङको एक्सन देखाइएको छ।
जिवन्त अभिनय गर्ने अभिनेता रमेश बुढाथोकी चलचित्रमा पोष्टमार्टम गर्ने व्यक्तिको रुपमा देखिएका छन् ।
भूईंमान्छे को टिजरमा उनी अस्पतालमा राखिएका शवहरु काटकुट गर्दै गरेको देखिन्छन् । टिजरमा उनी कहिले शवको आन्द्रा काट्छन् त कहिले भुँडी सिलाउँछन्।
नयाँ कथा र फरक शैलीमा बनेको चलचित्र भूईँमान्छलाई नवराज बुढाथोकीले निर्देशन गरेका हुन् ।
निरुपा राज्यलक्ष्मी थापा र रोहिणी भट्टराईको लगानीमा निर्माण भएको चलचित्रमा रमेश बुढाथोकी, सिपोरा गुरुङसँगै शहिन प्रजापति, रामबाबु रेग्मी, बादल भट्ट, रोहिणी भट्टराई, सानु ताम्राकार, नविन श्रेष्ठ, आर्यान न्यौपाने, सौरभ ढकाललगायत अधिकाँस रंगमञ्जका कलाकारको अभिनय छ।