PahiloPost

Apr 14, 2026 | १ बैशाख २०८३

ऊर्जामन्त्रीको दाबीः प्रचण्ड नेतृत्वको सरकार इतिहासकै सफल



रासस

ऊर्जामन्त्रीको दाबीः प्रचण्ड नेतृत्वको सरकार इतिहासकै सफल

काठमाडौंः ऊर्जामन्त्री जनार्दन शर्माले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार इतिहासकै सफल सरकार भएको दाबी गरेका छन्।

प्रेस सेन्टरले शनिबार ललितपुरमा आयोजना गरेको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री शर्माले सरकारले गरेका कामको जनतासम्म सही सूचना पुग्न नसक्दा स्थानीय तहको पहिलो चरणको निर्वाचनमा माओवादीको सोचेअनुसारको नतिजा आउन नसकेको दाबी गरे। 

पार्टीले जनताका पक्षमा जायज र सार्थक काम गरेको उल्लेख गर्दै शर्माले विद्युत्भार कटौती अन्त्य, उज्यालो नेपाल अभियान, राष्ट्रिय गौरवका आयोजनाको कार्यप्रगति, २५ वर्षपछिको उच्च आर्थिक वृद्धि सरकारका सफलताका उदाहरण रहेका बताए। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell