PahiloPost

Sep 4, 2026 | १९ भदौ २०८३

सैनिक कार्वाहीमा सिरियामा आइएसका ७० लडाकुको मृत्यु



रासस

सैनिक कार्वाहीमा सिरियामा आइएसका ७० लडाकुको मृत्यु
फोटो श्रोतः sputniknews.com

दमासकसः सिरियामा सरकारी सेनाको कार्वाहीमा स्लामिक स्टेटका ७० लडाकु मारिएका छन्।

आइएसविरुद्ध गरेको सुरक्षा कारबाहीका क्रममा २४ घण्टामा कम्तीमा ७० लडाकु मारिएका सेनाले दाबी गरेको छ।

डेइर अल जोउरका चार ठाउँमा आइएस लडाकुलाई लक्षित गर्दै सिरियाली सेनाले हवाई तथा स्थल आक्रमण गरेको थियो।

आक्रमणमा सेनाले आइएस लडाकुले लुकाई राखेका हातहतियार र ट्याङ्कसमेत नष्ट गरिदिएको छ। रासस/सिन्ह्वा 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell