PahiloPost

Sep 4, 2026 | १९ भदौ २०८३

कांग्रेसको आह्वानः सभापति देउवालाई समर्थन



रासस

कांग्रेसको आह्वानः सभापति देउवालाई समर्थन

काठमाडौंः नेपाली कांग्रेसले व्यवस्थापिका–संसद्मा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दललाई पार्टी सभापति शेरबहादुर देउवाको नेतृत्वमा नयाँ सरकार गठनका लागि समर्थन गर्न आग्रह गरेको छ। 

पार्टीले संसद्मा प्रतिनिधित्व गर्ने सबैभन्दा ठूलो दलका सभापतिको नेतृत्वमा गठन हुन गइरहेको सरकारलाई सहयोग गर्न आह्वान गर्दै सबै राजनीतिक दललाई पत्र पठाइएको पार्टीका प्रमुख सचेतक चिनकाजी श्रेष्ठले जानकारी दिए। 

आइतबार संसद्ले नयाँ प्रधानमन्त्री चुन्ने विश्वास व्यक्त गर्दै उनले अधिकांश राजनीतिक दलले आफ्नो पार्टीको उम्मेदवारलाई समर्थन गर्ने आशा लिएको बताए।

मुलुकको ४०औँ प्रधानमन्त्रीका लागि कांग्रेस सभापति शेरबहादुर देउवाको मात्र उम्मेदवारी परेको छ । रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell