PahiloPost

Jul 13, 2025 | २९ असार २०८२

काबुल विस्फोटमा १८ जनाको मृत्यु, १२ घाइते



पहिलोपोस्ट

काबुल विस्फोटमा १८ जनाको मृत्यु, १२ घाइते

काबुल: अफगानिस्तानको राजधानी काबुलमा शनिबार एक अन्त्योष्टि समारोहलाई लक्षित गरी गराइएको विस्फोटमा परी १८ जनाले ज्यान गुमाएको र १२ जना घाइते भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्।

यसअघि विष्फोटमा परी कम्तीमा १० जनाको मृत्यु भएको प्रारम्भिक सूचना रहेको गृहमन्त्रालयका प्रवक्ता नाजिव डेनिसले दिए।

हमलाकारीले अन्त्योष्टि समारोहका सहभागीलाई लक्षित गरी एक पछि अर्को गर्दै तीनवटा विष्पोट गराएका काबुलबाट प्राप्त समाचारमा जनाइएको छ।

अफगानिस्तानको राजधानी काबुलमा बुधबार बिहान कूटनीतिज्ञहरुको आवासलाई लक्षित गरी भएको एक भीषण आत्मघाती आक्रमणमा परी कम्तीमा ६४ जनाको मृत्यु भएको थियो भने आक्रमणमा परी महिला र बालबालिकासहित ३२० भन्दा बढी घाइते भएका थिए। रासस/एएफपी/सिन्ह्वा



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell