PahiloPost

Jun 21, 2026 | ७ असार २०८३

काभ्रेको तीनपिप्लेमा बस दुर्घटना, ३८ जना घाइते



रासस

काभ्रेको तीनपिप्लेमा बस दुर्घटना, ३८ जना घाइते

बनेपाः काभ्रेको पाँचखाल नगरपालिका तीनपिप्लेमा आज बिहान बस दुर्घटना हुँदा ३८ जना घाइते भएका छन्।
 
घाइते मध्ये चार जनाको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ ।

काठमाडौँबाट काभ्रेको कार्तिके देउराली गइरहेको बा२ख ६४४१ नम्बरको बस अनियन्त्रित भइ पल्टिएर दुर्घटना भएको हो। बस सडकबाट करिव २० मिटर तल  खसेको थियो।

घाइतेहरुको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ। दुर्घटनापछि बस चालक भने फरार भएका प्रहरीले जनाएको छ। बसमा करिव ४५ जना यात्रु थिए। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell